मंसिर ०७, २०८१, शुक्रबार
               

कूल ४८ नयाँ भवन निर्माण सम्पन्न

नेपाल फ्ल्यास
बैशाख ११, २०७८

ADVERTISEMENT

बागमतीप्रदेश सरकारको आर्थिक लगानीमा पछिल्लो एक वर्षको अवधिमा प्रदेशभित्रका विभिन्न प्रहरी कार्यालयका लागि कूल ४८ नयाँ भवन निर्माण सम्पन्न भएका छन् । प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार प्रदेश सरकारको लगानीमा प्रदेशभित्रका विभिन्न प्रहरी कार्यालयका लागि आवश्यक अन्य २१ भवन निर्माणाधीन अवस्थामा रहेका छन् ।

प्रदेश प्रहरी कार्यालयअन्तर्गत (उपत्यका बाहेक) १० जिल्लाका प्रहरी कार्यालय प्रदेश प्रहरी कार्यालय मातहतको कार्य क्षेत्रभित्र पर्दछन् । प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेश प्रहरी कार्यालयसहित मातहतका प्रहरी युनिटले पछिल्लो सयममा अपराध नियन्त्रण, लागूऔषध कारोवारमा निरुत्साह पार्ने, सेवा प्रवाह प्रणालीमा सुधार, शुद्धीकरण अभियान सञ्चालनलगायतका कार्यलाई प्राथमिकता दिइएको छ । 

विशेषगरी एक वर्षको अवधिमा राम्रा काम गर्ने प्रहरीलाई पुरस्कृत र नराम्रो काम गर्ने प्रहरीलाई कारवाही गरिँदै आएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले जानकारी दिए । 

प्रहरी कर्मचारीको आचरण व्यवहार सुधार एवं सेवा प्रवाह प्रणालीको सुधारका लागि मिति गत असारदेखि सुरुआत गरिएको प्रहरी कर्मचारीको आचरण व्यवहार शुद्धीकरण अभियानपश्चात्को प्रहरी कर्मचारी दोषी ठहर भएमा नियमानुसार कारवाही गरिँदै आएको जनाइएको छ ।  

चालू आव २०७७ वैशाखदेखि चैतसम्ममा प्रदेश मातहतका विभिन्न प्रहरी कार्यालयमा कार्यरत २०३ प्रहरीलाई कारवाही गरेको र ६५१ प्रहरीलाई पुरस्कृत गरिएको उहाँले बताउनुभयो । एक वर्षकाबीचमा प्रदेश प्रहरी कार्यालयमा बहुउदेश्यीय भवन समुदाय प्रहरी साझेदारीमा एक करोडभन्दा बढी लागतमा निर्माण गरिएको उनले बताए । 


कस्तो लाग्यो ?

यो पनि