मंसिर ०७, २०८१, शुक्रबार
               

अब सिंहदराबार र सुन्धरा धाउन पर्दैन : मेयर शाक्य

नेपाल फ्ल्यास
बैशाख १२, २०७८

ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जनताले अब सिंहदरबार र सुन्धरा धाउनु नपर्ने बताएका छन् । काठमाडौं महानगर– ४ को भवन उद्घाटन गर्दै उनले भने, ‘निर्वाचनको समयमा जनातको घर दैलोमा सिंहदरबार भनेका थियौँ, जन्मदेखि मृत्युसम्मको काम वडाबाट हुन्छ, अब कोही पनि सिंहदरबार र महानगरको कार्यालय सुन्धरा धाउनु पर्दैन ।’

नयाँ भवन बनेसँगै कामलाई चुस्त र प्रभावकारी बनाउन उनले वडाको नेतृत्वलाई निर्देशन दिए । ‘नयाँ भवन बनेको छ, वडावासीको कामलाई चुस्त बनाउन र सेवा प्रवाहमा ढिलाई नगर्न आग्रह गर्दछु, वडावासीलाई खुसी राख्नुहोस्’, उनले भने, ‘केन्द्र, प्रदेश र स्थानीय सरकारको समन्वयमा काम अगाडि बढाउन आवश्यक छ ।’

कार्यक्रममा प्रदेश संसद नारायण सिलवाललले चार वर्षमा वडाले गरेको कामको प्रशंसा गरे । ‘जनताले सहि नेतृत्व चयन गरेका कारण विकासले गति लिएको हो’, उनले भने, ‘वडालाई सेवा केन्द्रमा नै विकास गर्नुपर्छ, चार वर्षमा काठमाडौंको स्वरुप नै फेरिएको छ ।’ सार्वजनिक जग्गा, सम्पदा संरक्षण, सडक, खानेपानी, सरसफाईको क्षेत्रमा वडाले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उनले उल्लेख गरे । 

महानगरकी उपप्रखुख हरिप्रभा खड्गीले महानगरले राम्रो ठाँउमा विकास गर्नुपर्नेमा जोड दिइन् । ‘जनताको करबाट नै राम्रो ठाउँमा विकास गर्न पाएका छौँ’, उनले भनिन्, ‘सर्वजनिक जमिनमा पार्क बनाउने काम भइरहेको छ । वडामा के आवश्यक छ वडाध्यक्षमार्फत आफ्नो कुरा राख्नु होला ।’ कार्यक्रममा वडाध्यक्ष मोहनबहादुर विष्टले ९० प्रतिशत काम सम्पन्न गरिएको बताए । 

‘चार वर्षमा ९० प्रतिशत काम गरेका छौँ’, उनले भने, ‘वडालाई हरियाली बनाउँछौँ, अब ‘क्लिन द सिटी ग्रिन द सिटी’ बनाउने योजना छ ।’ कार्यक्रममा वडाले चार वर्षमा गरेको कामलाई समेटर तयार परिएको स्मारिका विमोचन गर्नुको साथै कोरोना महामारीमा सहयोग गर्ने दाता र स्वयंसेवकहरुलाई सम्मान गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि