नबलपरासी । आफ्नै श्रीमती ३० वर्षीया सलन्ती हरिजनको हत्या गरेको अभियोगमा प्रतापपुर गाउँपालिका-४ ठूलो खैरटवा बस्ने ३५ वर्षीय उमेश हरिजनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विषयमा उनीहरूबीच झै-झगडा भई कुटपिट हुँदा सलन्ती गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएकी सलन्तीको शहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो ।