काठमाडाैं । आज बिहानको मापनअनुसार कोशी, नारायणी, पश्चिम राप्ती, कर्णाली र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा रहेको तर सबैमा बहाव सतर्कता तहभन्दा तल नै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने तथा सबैमा बहाव सतर्कताभन्दा तलै हुने महाशाखाको पूर्वानुमान छ । कोशी जलाधारका केही स–साना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्ष भइ बहाव बढ्ने र केही स–साना नदीमा आकस्मिक बहाव भइ सतर्कता तह आसपास पुग्न सक्ने बताइएको छ ।
यता, कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बहाव बढ्दो हुने र केही स–साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।
यी हुन् बाढी-पहिरोबाट आजका खतरायुक्त जिल्लाहरु
प्रदेश १- इलाम झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, भोजपुर, ताप्लेजुङ, संखुवासभा,
प्रदेश २- सप्तरी, सिरहा, महोत्तरी, सर्लाही,
बागमती प्रदेश- दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, काठमाडौँ, चितवन, मकवानपुर,
गण्डकी प्रदेश- गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्जा,
लुम्बिनी प्रदेश- पाल्पा, गुल्मी, प्यूठान, दाङ, बाँके, बर्दिया, रुकुम,
कर्णाली प्रदेश- सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, कालिकोट, हुम्ला,
सुदूरपश्चिम प्रदेश- कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला
यस्तै, आसपासका जिल्ला भई बहने स–साना नदी जलाधारमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बहाव (फ्ल्यास फ्लड) हुन सक्ने महाशाखाको पूर्वानुमान रहेको छ ।