मंसिर ०७, २०८१, शुक्रबार
               

ओखलढुङ्गाकी गर्भवतीको उद्धार गरी हेलिकप्टरबाट काठमाडौं ल्याइयो

नेपाल फ्ल्यास
असार २१, २०७८

ADVERTISEMENT

काठमाडौं । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाकी एक गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सामान्य अवस्थामा सुत्केरी हुन नसकेर प्रसवको पीडा बढेपछि खिजिदेम्बा–५ की २६ वर्षीया ल्हमु शेर्पालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौं ल्याइएको हो । 

३६ हप्ताको गर्भवती रहेकी शेर्पामा केही दिनअघि प्रसव पीडा सुरु भएको थियो । सुत्केरी हुनेक्रम नजिकिँदै गरेको र गर्भवतीमा मानसिक समस्यासमेत देखिएपछि परिवारले खिजिफलाँटे कोभिड अस्पतालमा ल्याएको थियो ।

गाउँपालिकास्तरमा उपचारका लागि पर्याप्त स्रोत, साधन नहुँदा थप उपचारका लागि काठमाडौं पठाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्र गौतमले जानकारी दिए ।

सार्वजनिक सवारी नचलेको र गर्भवतीको अवस्था जटिल बन्दै गएकाले राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । शनिबार उद्धार गरी काठमाडौं पठाइएको महिलाको अहिले काठमाडौंको थापाथली प्रसूतिगृहमा उपचार भइरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि