मंसिर ०७, २०८१, शुक्रबार
               

बनेपा बजारमा यो बिजोग

नेपाल फ्ल्यास
असार २५, २०७८

ADVERTISEMENT

बनेपा । अविरल वर्षापछि काभ्रेपलाञ्चोकको बनेपा बजार डुबानमा परेको छ । 

पुण्यमाता नदीको भल पुलबजारमा छिर्दा बजार डुबानमा परेकोको हो । 

'अविरल वर्षासँगै पुण्यमाता खोलाको बाढी सडकमा आएपछि बजार क्षेत्र डुवानमा परेको हो ।' काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भने ।

शुक्रबार बिहान साना गाडी डुबाउने गरी सडकमा पानी भरिएको थियो ।

'भलका कारण आधा घण्टा जति सडक नै अवरुद्ध भएको' बनेपाका व्यापारीले जानकारी दिए । अहिले भने सडक सञ्चालनमा आएको छ । 

'सडक होचो भएकाले वर्षायाममा यस्तो समस्या पटक-पटक दोहोरिने गरेको' स्थानीय बताउँछन् । 


कस्तो लाग्यो ?

यो पनि