मंसिर ०७, २०८१, शुक्रबार
               

सुर्खेतमा निषेधाज्ञा ३१ गतेसम्मका लागि थपियो

नेपाल फ्ल्यास
असार २६, २०७८

ADVERTISEMENT


सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै असार ३१ गतेसम्मका लागि थप गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जिल्लामा कोरोना संक्रमणको दर कायमै रहेकाले निषेधाज्ञा थप गरिएको बताए ।

जिल्लामा कोरोना संक्रमण दर नघटे पनि नागरिकको समस्यालाई मध्यनजर गर्दै निषेधाज्ञालाई केही खुकुलो बनाइएको हो ।

यो अवधिमा तरकारी फलफूललगायत दुग्धजन्य पदार्थका पसल बिहान ६ देखि बेलुका ६ बजेसम्म खोल्न सकिने प्रशासनले जनाएको छ ।

त्यस्तै, खाद्यान्न पसललगायत अत्यावश्यक सामग्रीको पसल सञ्चालनका लागि बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्मको समय तोकिएको छ । सुर्खेतमा वैशाख १४ गतेदेखि निषेधाज्ञा जारी गरिएको हो ।


कस्तो लाग्यो ?

यो पनि