मंसिर ०७, २०८१, शुक्रबार
               

चितवनका दुई संक्रमितमा कोरोनाको नयाँ प्रजाति ‘डेल्टा भेरियन्ट’ देखियो

नेपाल फ्ल्यास
असार २८, २०७८

ADVERTISEMENT

भरतपुर । भरतपुर महानगरपालिकामा पनि कोरोना भाइरसको नयाँ प्रजाति डेल्टा भेरियन्ट देखिएको छ । भरतपुर अस्पतालले पिसिआर पोजेटिभ आएका पाँच वटा शंकास्पद स्याम्पललाई राष्ट्रिय जनस्वास्थ्य परीक्षण प्रयोगशाला पठाएकोमा दुई वटा स्याम्पलमा कोरोनाको नयाँ प्रजाति ‘डेल्टा भेरियन्ट’ देखिएको हो ।

भरतपुर अस्पतालले आज विज्ञप्ति जारी गरी भरतपुरका दुई जना कोरोना संक्रमितलाई नयाँ प्रजाति ‘डेल्टा भेरियन्ट’ देखिएको पुष्टि गरेको छ । अस्पतालका कोभिड क्लिनिकल कोर्डिनेटर डा प्रमोद पौडेलले भरतपुर अस्पतालबाट पठाइएको स्याम्पलमध्ये दुई वटामा डेल्टा भेरियन्ट प्रमाणित भएको बताए ।

अस्पतालले विज्ञप्तिमा उच्च सतर्कताका साथ स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह गरेको छ । विज्ञप्तिमा कुन उमेर समूहलाई डेल्टा भेरियन्ट देखिएको खुलाइएको छैन । विज्ञहरुका अनुसार डेल्टा भेरियन्ट कोरोना संक्रमित भएका सबै उमेर समूहलाई देखिएको पाइन्छ ।


कस्तो लाग्यो ?

यो पनि