मंसिर ०७, २०८१, शुक्रबार
               

चेक बाउन्स मुद्दामा फरार दुई पक्राउ

नेपाल फ्ल्यास
साउन ०४, २०७८

ADVERTISEMENT

नेपाल प्रहरीले ३० लाख जरिवाना भएपछि फरार रहेका दुई व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले १५/१५ लाख जरिवाना गरेपछि फरार रहेका काठमाडौं टोखाका ४८ वर्षीय मिलन डङ्गोल र ६३ वर्षीय देवनारायण महर्जनलाई पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको फैसलापछि क्रमशः सात दिन र पाँच दिन कैद सजाय र  बिगोबमोजिम १५ लाख जरिवाना ठहर गरेपछि फरार रहेका डङ्गोल र महर्जनलाई आज टोखा र कलङ्कीबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका डङ्गोलले नेपाल इन्भेष्टमेन्ट बैंक र महर्जनले माछापुच्छ्रे बैँकको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले डङ्गोल र महर्जनलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो ।

पक्राउ परेका दुबैजनालाई फैसला कार्यान्वयनका लागि आज काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए । 


कस्तो लाग्यो ?

यो पनि