मंसिर ०७, २०८१, शुक्रबार
               

संसदीय समितिमा चर्काचर्की

नेपाल फ्ल्यास
साउन १०, २०७८

ADVERTISEMENT

संसदीय समितिमा नेकपा एमालेका वरिष्ठ नेता तथा सांसद माधवकुमार नेपाल र केपी ओली समूहका सांसदबीच चर्काचर्की भएकाे छ । अध्यक्ष केपी शर्मा ओली नजिकका सांसद नारदमुनी राना र सांसद नेपालबीच बैठकमा भनाभन चलेकाे हाे । 

सांसद नेपालले आफ्ना धारणा राखिसकेपछि रानाले नेपाललाई व्यङ्ग्य गर्दै केपी ओलीले विश्वासको मत लिने बेला कहाँ थिए भनेका थिए ।

रानाले संसद् विघटन राजनीतिक निर्णय भएको भन्दै ओलीको बचाउ गरेका थिए । उनले नेता नेपालप्रति व्यङ्ग्य गरेपछि सांसद दीपकप्रकाश भट्टले प्रतिगमनको मतियार नबन्न आग्रह गरेका थिए । त्यसपछि नेता नेपाल आक्रोशित बनेका थिए । उनले आक्रोश व्यक्त गर्दै भनेका थिए, “प्रतिगमनको मतियार बन्ने ? राजीनामा दिनुस् निस्कनुस् ।”

अन्य सदस्यहरूले पार्टीको विवाद संसदीय समितिमा नल्याउन आग्रह गरेपछि माहोल शान्त भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि