मंसिर ०७, २०८१, शुक्रबार
               

नेपालमा तीव्र संक्रामक ‘डेल्टा’ र ‘डेल्टा प्लस भेरियन्ट’ फेला, सचेत रहन आग्रह

नेपाल फ्ल्यास
साउन १२, २०७८

ADVERTISEMENT

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेरि भटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७ वटा नमुनामध्ये तीन जनामा डेल्टा भेरियन्टको उत्परिवर्तन भेटिएको हो ।

विश्व स्वास्थ्य संगठनले मान्यता दिएको भारतको नयाँ दिल्लीस्थित ‘द इन्स्टिच्यूट अफ जेनोमिक्स एन्ड इन्टेग्रेटिभ बाइलोजी (आईजीआईबी)मा ‘सेक्वेन्सिङ’ गर्दा नेपालबाट पठाइएका नमुनामा ‘डेल्टा’ र ‘डेल्टा प्लस भेरियन्ट’ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोभिडको नयाँ भेरियन्टहरु संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पर्ने विभिन्न अध्ययनबाट देखिएको भन्दै यस्तो आग्रह गरेको हो। मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न गराउन पनि आग्रह गरेको छ।

स्वास्थ्य विज्ञप्तिमा भनिएको छ, “संक्रमणको जोखिम बढिरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन र सम्भावित तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ।”


कस्तो लाग्यो ?

यो पनि