नुवाकोट । माओवादी केन्द्र तारकेश्वर गाउँपालिका वाड नं १, ३, ५, ६ को अधिवेशन भव्यरुपमा सम्पन्न भएको छ । जिल्ला सचिवालयका सदस्य राजेन्द्र न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पार्टीलाई १ नम्बर बनाऊन जुनसुकै कसर बाँकी नराख्ने नेताहरुले बताएका छन् ।
अतिथिका रुपमा जिल्ला सदस्य हरि रिमाल, पालिका सचिव सोम तामाङ, तारकेश्वर- काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष नारायण पौडेल, मन्चका वडा संयोजक प्रकाश घिमिरे तथा बच्चु रिमाललगायतले आ-आफ्ना मन्तव्य राखेका थिए ।
नवनिर्वाचित अध्यक्ष तोयानिधि पौडेलले विधि र पद्धतिमा सधैं पार्टीलाई अगाडि बढाउने प्रतिबद्ध रहेको बताए । यस्तै, तारकेश्वर- काठमाडौं सम्पर्क मन्चका अध्यक्ष नारायण पौडेलले माओवादी पार्टी सधैं अगाडि रहेको भन्दै यसको रक्षा गर्नु हामी सबैको कर्तव्य रहेको बताए ।
बमबहादुर तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न वडाबाट पदाधिकारी छान्ने कार्य सम्पन्न भएको थियो । वाड नं १ मा इन्चार्जमा बम बहादुर तामाङ, सह- इन्चार्जमा विजया तामाङ चुनिएका छन् । यस्तै, अध्यक्ष : तोयानिधि पौडेल सचिवमा रमेश बहादुर तामाङ चुनिएका छन् ।
वाड नं ३ अध्यक्षमा केशव रिमाल, सचिवमा बद्रि ढुङ्गाना, छानिएका छन् भने वाड नं ५ मा अध्यक्ष : सुर्य गजुरेल र सचिवमा भीमबहादुर तामाङ चुनिएका छन् । यस्तै, वाड नं ६ को अध्यक्षमा राजु रिमाल सचिवमा जितबहादुर तामाङ चुनिए ।