नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरूद्धकाे मुद्दाकाे सुनुवाइ गर्न `बेन्च बस्न नभ्याएको´ सर्वाेच्चले जनाएको छ।
रिटकाे सुनुवाइका लागि न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा पेसी ताेकिएकाे थियाे। प्राधिकरणकै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा साेमबार वारेसमार्फत घिसिङविरूद्ध रिट हालेका थिए।
रिटमार्फत शाक्यले घिसिङलाई २४ साउनमा कार्यकारी निर्देशक बनाउन सरकारले गरेकाे निर्णयलाई बदर गर्न माग गरेका छन्। घिसिङले २७ साउनमा पदभार ग्रहण गरेका थिए। उनी उज्यालो नेपाल अभियानका अभियन्ताकाे रूपमा चिनिन्छन्।
यसअघि कार्यकारी निर्देशक हुँदा दैनिक १८ घन्टासम्मकाे लाेडसेडिङ हटाएकाे, घाटामा रहेकाे प्राधिकरणकाे सञ्चित नाफा बढाएकाे, चुहावट नियन्त्रण गर्दै गएकाे भन्दै उनकाे तारिफ भएको थियाे। सार्वजनिक संस्थानहरू घाटामा गइररहेका बेला प्राधिकरणलाई उकासेर देशलाई अँध्यारोमुक्त बनाएकाे भन्दै पपुलर भएका हुन् ।