लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ पामचोकमा साग भनेर धतुरोको तरकारी खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना बेहोस भएका छन् ।
साग भनेर धतुरोको तरकारी खाँदा ८३ वर्षीया पवित्रा खड्काको मृत्यु भएको लमजुङका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले जानकारी दिए ।
तरकारी खाएर बेहोस भएकी धनकुमारी अधिकारी र ठगीमाया भण्डारीको बेसीसहरस्थित जिल्ला अस्पतालमा उपचार भएपछि। दुवैजना घर फर्किएका छन् ।
आइतबार साँझ खानासँग धतुरोको तरकारी खाएका उनीहरू राति बेहोस भएको डीएसपी कार्कीले बताए । उनका अनुसार सोमबार बिहान अबेरसम्म ढोका नखोलेपछि छिमेकीले गएर हेर्दा सबैजना बेहोस अवस्थामा भेटिएका थिए ।