काठमाडौं । टुकुचे र धवलागिरी हिमालको बीचमा हिम पहरो खसेको छ ।
हिमाली क्षेत्रबाट खसेको उक्त हिम पहिरोसहितको धुलोका कारण लाजेङ गाउँ र न्याउरीकोट ढाकिएको चलचित्र कबड्डी कबड्डी- ४ का छायाँकार शैलेन्द्रध्वज कार्कीले जानकारी दिए ।
उक्त हिमपहिरोबाट स्थानीय जनजीवन त्रस्त बनेको छ । यस्तै उक्त हिमपहिरो आज सम्मकै भयानक भएको स्थानीयहरु बताउँछन् ।