काठमाण्डौ । काठमाण्डौबाट पोखरा हुँदै जोमसोमका लागि छुटेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बिहान ११:३० बजेतिर गजुरी र मलेखुको बीचमा पर्ने छहरा भन्ने ठाउँबाट त्रिशूली नदीमा खस्दा ६ जनाको ज्यान गएको हो ।
घटनामा घाइते १० जनाको गजुरी अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।
उद्धारको काम भैरहेको र विस्तृत विवरण आउन बाँकी रहेको गजुरी प्रहरीको भनाइ छ ।