काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ ।
आज काठमाडौंको भृकुटीमण्डपमा रहेको रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा भाग लिएर फर्किने क्रममा यादवमाथि खुकुरी आक्रमण भएको हो । यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
आक्रमण गर्ने व्यक्तिबारे भने खोजी भइरहेको प्रहरीको भनाइ छ ।