युरोपियन फुटबलको प्रतिष्ठित इंग्लिस प्रिमियर लिग (इपिएल) मा खेलाडी खरिदमै १९ हजार करोड डलर खर्च भएको छ ।
प्रतियोगितमा २० टिम सहभागी छन् । हरेक टिमले एक होम र एक अवेको आधारमा दुइ खेल खेल्ने छन् । कुल ३८० खेल हुनेछ ।
समर ट्रान्सफर विन्डोमा इंग्ल्यान्डका क्लबले खेलाडी खरीदमा १९.२ हजार करोड नगद खर्च गरेका छन् । पछिल्लो १६ वर्षमा भएको दोस्रो ठूलो खेलाडीमा खर्च गरिएको कुल रकम हो । २०१७ मा इंग्लिस क्लबले सर्वाधिक १९ हजार ६१६ करोड खर्च गरेका थिए ।
आर्सनलको खर्च सर्वाधिक
लगातार चौँथो वर्ष प्रिमियर लिगका क्लबले १२० करोड डलरभन्दा बढी खर्च गरेको छ । यो सिजन सर्वाधिक बढी २ सय १३९ करोड रुपैयाँ आर्सनलले खर्च गरको छ । बिहीबार ट्रान्सफर विन्डोको अन्तिम दिन क्लबहरूले २३३१ करोड खर्च गर्दे १७ खेलाडी खरिद गरेको हो । क्बलले यसपटक १०१ खेलाडी आफ्नो क्लबमा भित्र्यायो।
ला लिगा सर्वाधिक खर्चिलो लिग
स्पेनिस लिग ला लिगा सर्वाधिक खर्चिलो लिग बन्न सक्ने भएको छ । ला लिगाबाहेक अन्यको ट्रान्सफर विन्डो २ सेप्टेम्बरसम्म रहेको छ । ला लिगामा अहिलेसम्म १५२०० करोड खर्च गरेको छ । जुन प्रिमियर लिगको तुलनामा ४ हजार करोड कम हो । यद्यपि अझै ला लिगाको खेलाडी ट्रान्सफर समय २२ दिन बाँकी छ। त्यसैले सर्वाधिक खर्चिलो बन्ने संभावना कायम छ । त्यस्तै, इटालीको सlरी एमा १२ हजार ७९३ करोड खर्च हुँदा जर्मन बुन्डेस लिगाका क्लबले ८२७२ करोड रुपैंया खर्च गरे । त्यस्तै फ्रेन्च लिग वानमा ५१२० करोड खर्च गरको छ ।