दक्षिण एसियाली खेलकुद सागअन्तगर्त आज मंगलबार १७ स्वर्ण पदकका लागि प्रतिष्पर्धा हुँदैछ ।
मंगलबारदेखि भलिबलतर्फ दुईवटा स्वर्णका लागि फाइनल खेल हुँदैछ । पुरुषतर्फको उपाधिका लागि भारत र पाकिस्तान आमनेसामने हुँदैछन् भने महिलातर्फ नेपाल र भारत प्रतिष्पर्धा गर्दैछन् । पुरुष फाइनल दिउँसो दुई बजे र महिलातर्फको खेल चार बजेपछि हुनेछ ।
सागमा कसको पदक कति ? हेर्नुहोस् ।
देश | स्वर्ण | रजत | कास्य | जम्मा | |
नेपाल | १८ | ५ | ७ | ३० | |
भारत | ५ | ८ | ३ | १६ | |
श्रीलंका | ३ | ९ | १४ | २६ | |
पाकिस्तान | २ | ४ | ७ | १३ | |
बंगलादेश | २ | ० | १६ | १८ | |
भुटान | ० | ० | १ | १ | |
माल्दिप्स | ० | ० | ० | ० |
आजदेखि एथलेटिक्सका खेलहरु पनि हुनेछन् । कराँतेमा ६ वटा स्वर्णको छिनोफानो हुँदैछ । यस्तै उसुमा पनि दुई स्वर्णको टुंगो लाग्नेछ । ट्रायाथलनमा मिक्सड रिलेको फाइनल हुनेछ ।
मंगलबार नै नेपाल र भुटानबीचको फुटबल खेल दशरथ रंगशालामा हुँदै छ । बंगलादेश र माल्दिभ्सबीच पनि आजै भिड्दै छन् । महिला फुटबलमा नेपाल र श्रीलंका तथा भारत र माल्दिभ्स खेल्दैछन् ।
आजदेखि पुरुष क्रिकेट सुरु हुँदैछ । पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाको यू–२३ टिमबीच प्रतिष्पर्धा हुनेछ । पोखरामा हुने महिला क्रिकेटमा भने श्रीलंका र बंगलादेश खेल्नेछन् ।
आजदेखि सातदोबाटोको सुटिङ रेन्जमा सुटिङका प्रतिष्पर्धा हुँदैछन् ।लन टेनिसमा टिम इभेन्टका सेमिफाइनलका खेलहरु संचालन हुनेछन् ।