काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा आज मंगलबार नेपालले आठ स्वर्ण थपेको छ । २३ स्वर्णसहित नेपाल लिग तालिको शीर्ष स्थानमा कायमै छ ।
नेपालका लागि एथलेटिक्समा सन्तोषी श्रेष्ठले ऐतिहासिक स्वर्ण जितेकी छन् । महिलातर्फ एथलेटिक्समा नेपालको पहिलो गोल्ड मेडल हो । स्वर्ण पदक विजेता :
मंसिर १७ गते (आठ स्वर्ण)
तेक्वान्दो : वीरबहादुर महरा, काजल श्रेष्ठ । कराँते : सुनिता महर्जन, नविन रसाइली । उसु : विजय सिंजाली, सुस्मिता तामाङ । दुवाथोलन : हिमाल टमाटा । एथलेटिक्स : सन्तोषी श्रेष्ठ
मंसिर १६ गते (१५ स्वर्ण)
तेक्वान्दो : पार्वती गुरुङ, आयशा शाक्य, कमल श्रेष्ठ, सीना मादेन लिम्बू, स्वस्तिमा तामाङ
तेक्वान्दो टिम :
- निशा दर्नाल र संजिला तिमल्सिना
- आयशा शाक्य र संजीवकुमार ओझा
कराँते : मण्डेकाजी श्रेष्ठ, लक्ष्मण तामाङ, विप्लवलाल श्रेष्ठ, कुमुद खड्का, अनु अधिकारी,
कराँते टिम
निर्मला तामाङ, सरु कार्की र संगीता मगर
मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविन मानन्धर
ट्रायथलन
सोनु गुरुङः
दक्षिण एसियाली खेलकुद सागअन्तर्गत पछिल्लो पटक तालीका यस्तो छ ।
देश | स्वर्ण | रजत | कास्य | जम्मा | |
नेपाल | २३ | ९ | १२ | ४४ | |
भारत | १५ | १६ | ९ | ४० | |
श्रीलंका | ५ | १४ | २७ | ४६ | |
पाकिस्तान | ४ | ११ | १२ | २७ | |
बंगलादेश | ४ | ४ | २० | २८ | |
माल्दिभ्स | १ | ० | ० | १ | |
भुटान | ० | ० | ३ | २ |