मंसिर ०७, २०८१, शुक्रबार
               

अमेरिका ३५ रनमा अलआउट, सन्दीपले लिए ६ विकेट

नेपाल फ्ल्यास
माघ २९, २०७६

ADVERTISEMENT

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलअन्तर्गत नेपाल र अमेरिकाबीच खेल भइरहेको छ ।

टियू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले नेपाललाई ३६ रनको लक्ष्य दिएको छ ।

खेलमा नेपाली स्पिनर सन्दीप लामिछाने चम्किएपछि अमेरिका १२ ओभरमा ३५ मा अलआउट भयो । 

अमेरिकाका लागि जाभियर मार्सलले सर्वाधिक १६ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका सन्दीप लामिछानेले ६ विकेट लिए । सन्दीपले ६ ओभरमा १ मेडनसहित १६ रन खर्चिएर ६ विकेट लिएका हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय सन्दीपको उत्कृष्ट बलिङ प्रदर्शन हो ।

सुशन भारीले ४ विकेट लिए । उनले ३ ओभरमा एक मेडनसहित ५ रन खर्चिए ।


कस्तो लाग्यो ?

यो पनि