मंसिर ०७, २०८१, शुक्रबार
               

अमेरिकाविरुद्ध नेपालको कीर्तिमानी जित

नेपाल फ्ल्यास
माघ २९, २०७६

ADVERTISEMENT

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिकविरुद्ध नेपालले कीर्तिमानी जित निकालेको छ ।

बुधबार कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा अमेरिकालाई नेपालले ८ विकेटले हराएको हो ।

अमेरिकाले दिएको जम्मा ३६ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमा (२ विकेटको क्षतिमा) पूरा गर्यो ।

नेपालको जितमा पारस खड्काले अविजित २० रन जोडे । दिपेन्द्र सिंह ऐरीले अविजित १५ रन बनाए ।

ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल १ रनमा आउट हुँदा अर्का ओपनर सुवास खकुरेल सुन्य रनमा पेभेलियन फर्किए ।

अमेरिकाका केन्जिगेले २ विकेट लिए ।

यसैबीच, नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक छिटो लक्ष्य पूरा गर्दै कीर्तिमानी जित निकाल्न सफल भएको छ । विश्वमा भने यो तेस्रो सर्वाधिक छिटो जित हो । 


कस्तो लाग्यो ?

यो पनि