४३ औं संस्करणको सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत उपाधिका लागि अहिले नेपाल आर्मी र मच्छिन्द्र क्लब भिडिरहेका छन् । दशरमथ रंगशालामा भइरहेकाे खेलमा मच्छिन्द्र क्लबले १-० को अग्रता लिएको छ ।
मच्छिन्द्रले पहिलो हाफमा खेलको ३३ औं मिनेटमा अग्रता लिएको हाे । लिगमा १२ औं खेल सकिदाँसम्म आर्मीको २९ अंक र मच्छिन्द्रको २८ अंक छ । त्यसैले यस खेल बराबरीमा टुंगिए आर्मी विजेता हुनेछ ।
मच्छिन्द्रले भने लिग जित्न आर्मीलाई हराउनुपर्नेछ ।