विश्व चर्चित टेनिस खेलाडी मारिया सारापोभाले खेलाडी जीवनबाट सन्यास लिएकी छिन् ।
२१ औं शताब्दीकी चर्चित तथा धनी टेनिस खेलाडीको सूचीमा पर्ने सारापोभाले ३२ बर्षको उमेरमा टेनिसबाट सन्यास लिएकी हुन् ।
सन् २००४ मा १७ बर्षको उमेरमा पहिलो ग्राण्डस्लाम खेल्दा पहिलो पटक नै त्यतिबेलाकी नम्बर एक खेलाडी सेरेना विलियम्सलाई हराएकी थिइन् ।
उनले पाँच पटक ग्राण्डस्लाम जितेकी छिन् । जसमा दुई पटक फ्रेन्च ओपन, एक एक पटक यूएस, विम्बल्डन र अष्ट्रेलियन ओपन रहेका छन् । यस्तै डब्लूटीए टुरको उपाधि उनले सन् २००४ मा उचालेकी थिइन् ।