काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काको ब्याटिङ वरियता खस्किएको छ ।
त्यस्तै स्पिनर सन्दीप लामिछानेको भने आइसिसीले सार्वजानिक गरेको नयाँ वरियतामा सुधार भएको छ ।
बिहीबार सार्वजानिक टी–२० वरियतामा पूर्वकप्तान पारस खड्का १२ स्थान तल झरेका छन् ।
टी–ट्वान्टी वरियतामा बलिङतर्फ सन्दीप लामिछानेले दुई स्थान सुधार गर्दै ८४औँ स्थानमा उक्लिएका हुन् ।
ब्याटिङमा भने पारस एकै पटक १२ स्थान तल झर्दै ७५औं स्थानमा पुगेका हुन् ।
अलराउन्डरतर्फ पारस २६ औँ स्थानमा यथावत रहेका छन् ।