मंसिर ०७, २०८१, शुक्रबार
               

सचित तेन्दुलकर र सौरव गांगुलीद्वारा ५०-५० लाखको सहयोग घोषणा

नेपाल फ्ल्यास
चैत १४, २०७६

ADVERTISEMENT

भारतका चर्चित क्रिकेटर सचिन तेन्दुलकरले कोरोना भाइरसविरुद्ध लड्न सरकारी कोषलाई ५० लाख भारतीय रुपैयाँ अर्थात् नेपाली ८० लाख रुपैयाँ दिएका छन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार खेल क्षेत्रबाट सरकारी कोषमा दिइएको यो सर्वाधिक राशि हो । यसमध्ये २५ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा तथा अर्को २५ लाख भारतीय रुपैयाँ मुख्यमन्त्री राहत कोषमा जम्मा गरिने छ ।

यसअघि कतिपयले आफ्नो एक महिनाको तलब घोषणा गरेका थिए भने केहीले मेडिकल उपकरण दिएका थिए । बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) का अध्यक्ष र पूर्वकप्तान सौरभ गांगुलीले पनि ५० लाख भारतीय रुपैयाँ सहयोगको घोषणा गरेका छन् । उनले त्यो रकम बराबरको चामल गरीबलाई वितरण गर्ने भएका छन् ।

त्यस्तै ब्याडमिन्टन खेलाडी पीवी सिन्धुले कोभिड १९ विरुद्ध लड्न १० लाख रुपैयाँ भारतीय रुपैयाँ सहयोगको घोषणा गरेकी छन् ।

त्यसै गरी युसुफ पठान र इरफान पठानले बडोदा पुलिस र स्वास्थ्य विभागलाई चार हजार थान मास्क दिएका छन् । भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्र सिंह धोनीले पुणेमा एक च्यारिटीमार्फत एक लाख भारतीय रुपैयाँ सहयोग गरेका छन् । भारोत्तोलन खेलाडी बजरंग पुनिया र फर्राटा रनर हिमा दासले आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि