मंसिर ०७, २०८१, शुक्रबार
               

भारतबाट विश्वकप आयोजनाको जिम्मा खोस्ने आइसीसीको चेतावनी

नेपाल फ्ल्यास
जेठ १४, २०७७

ADVERTISEMENT

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले सन् २०२१ मा भारतमा हुने टी २० विश्वकपको आयोजनाको जिम्मा खोस्ने चेतावनी दिएको छ ।
आइसीसीले बीसीसीआईलाई प्रतियोगिताका लागि भारत सरकारबाट कर छुटको व्यवस्था नमिलाएको भन्दै यस्तो चेतावनी दिएको हो । यदि समयमा नै त्यो निर्णय गर्न नसकेको खण्डमा विश्वकप आयोजनाको जिम्मा अर्को देशलाई दिने पनि आइसीसीले जनाएको छ ।

पछिल्लो दुई महिनादेखि आइसीसी र बीसीसीआईबीच यही विषयमा गम्भीर छलफल भएको बताइएको छ । एक साताअघि नै बीसीसीआईले कर छुटको अनुमति लिएर आइसीसीलाई पत्राचार गर्ने बताएपछि अझै त्यो काम नभएपछि बीसीसीआई रुष्ट भएको हो । यो विषयमा अझै कहिले टुंगो लाग्ने हो त्यो भने यकिन छैन । पछिल्लो पटकको कुराकानीमा बीसीसीआईले कोरोनाका कारण जुन ३० तारिखसम्मको समय माग गरेको थियो । तर त्यसलाई आइसीसीले अस्वीकृत गरेको छ ।

आइसीसीले अप्रिल २९ मा बीसीसीआईलाई पठाएको इमेलमा भारत र आइसीसीको व्यापार कर्पोरेसनबीच भएको सम्झौता पालना नभएको र यदि त्यसलाई कायम नराखेमा सम्झौता रद्द गर्ने बताएको थियो ।

करका विषयमा बीसीसीआई र आइसीसीबीच विवाद भएको यो पहिलो पटक भने होइन । यसअघि सन् २०१६ मा भएको टी २० विश्वकपमा पनि कर छुट नभएका कारण आइसीसीले करिव ३० मिलियन डलर घाटा ब्यहोर्नु परेको थियो । भारतमा सन् २०२१ को टी २० र २०२३ को एकदिवसीय विश्वकपमा कर छुटको व्यवस्था नगरे दुवै विश्वकप सार्ने चेतावनी आइसीसीले सन् २०१८ मा पनि दिएको थियो ।

टी २० विश्वकपमा कर छुट भएन भने आइसीसीलाई एक सय मिलियन डलर नोक्सान हुने अनुमान छ ।


कस्तो लाग्यो ?

यो पनि