मंसिर ०७, २०८१, शुक्रबार
               

नेपाली खेलाडीहरू छनोट चरणबाटै बाहिरिए

नेपाल फ्ल्यास
जेठ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । एशियन चेस महासंघको आयोजनामा भएको एशियन जुनियर एण्ड गर्ल्स अनलाईन चेस च्याम्पियनसिप २०२० बाट नेपालका सवै खेलाडीहरू छनोट चरणबाटै बाहिरिएका छन् ।

बुधबार भएको छनोट खेलमा सवै नेपाली खेलाडीहरू बाहिरिएको नेपाल चेस संघ महिला कमिसनकी प्रमुख मोनालिशा खुम्बुले जानकारी गराइन् । एशियन जुनियर एण्ड गर्ल्स अनलाईन चेस च्याम्पियनसिप २०२० ३.२ जोन अन्तरगत नेपाल, बंगालादेश, पाकिस्तान, श्रीलङ्का र मालदिभ्स रहेको समूहमा नेपालका तीन पुरुष र तीन छात्रा गरि ६ खेलाडीहरूले सहभागिता जनाएका थिए । स्विस प्रणाली अन्तरगत ९ चरणको खेलमा जुनियर खुलातर्फ अबिश्रे श्रेष्ठले छैटौं स्थानमा रहँदै च्याम्पियनसिपलाई पूर्ण बिराम लगाए । उनले ४ अंक प्राप्त गरे । यस्तै ३.५ अंकका साथ बिवेक श्रेष्ठ सातौ र ३.५ अंकका साथै निकेन कुशथा दशौं स्थानमा रहँदै प्रतिस्पर्धाबाट बाहिरिए । जुनियर खुुला तर्फ शिर्ष दुई स्थान बंगलादेशका खेलाडी भए भने तेश्रो स्थानमा श्रीलङ्काका खेलाडी भए ।

यस्तै छात्राहरू प्नि प्रतिसपर्धाबाट बाहिरिएका छन् । खुस्वु थापा सातौ, अनिशा न्यौपाने आठौं र कृतीसरा अधिकारी नवौं स्थानमा रहँदै प्रतिस्पर्धाबाट बाहिरिएका हुन् । थापा र न्यौपानेले ३.५ र अधिकारीले ३ अंक प्राप्त गरेका थिए । छात्रा तर्फ शिर्ष तीन स्थानमा बंगालादेश, श्रीलङ्का र बंगलादेशका खेलाडी रहे ।


कस्तो लाग्यो ?

यो पनि