मंसिर ०७, २०८१, शुक्रबार
               

टी-२० विश्वकपबारे आइसीसी निर्णयहीन

नेपाल फ्ल्यास
जेठ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले अस्ट्रेलियामा हुने टी-२० विश्वकपलगायतका सबै एजेन्डा जुन १० सम्मलाई स्थगित गरेको छ ।

टेली कन्फ्रेन्समार्फत बसेको आइसीसी बैठकले हाललाई सबै एजेण्डामा स्थगित गर्ने निर्णय गरेको हो । विश्वकप अस्ट्रेलियामा १८ अक्टोबरदेखि १५ नोभेम्बरसम्म आयोजना गर्ने मिति तोकिएको छ । तर, अहिले कोरोना भाइरसका कारण आसन्न टी २० विश्वकप स्थगित गर्ने आंकलन भइरहेका बेला बिहीबारको बैठकलाई अर्थपूर्णरुपमा हेरिएको थियो ।

आइसीसीले बोर्ड टेली कन्फ्रेन्समार्फत अहिले जारी कोरोना माहामारीका कारण जनस्वास्थ्य पहिलो प्राथमिकता भएको भन्दै जुन १० मा बस्ने बैठकले थप निर्णय गर्ने जनाइएको छ ।

परिस्थिति सम्हालिँदै गए विश्वकप तोकिएकै समयमा हुनसक्ने आकलन आइसीसीका पदाधिकारीहरूले लिएका कारण तत्काललाई त्यसबारे निर्णय नगरेको हो ।


कस्तो लाग्यो ?

यो पनि