मंसिर ०७, २०८१, शुक्रबार
               

शनिबार शीर्षस्थानको बायर्न र लेभरकुसनबीच प्रतिष्पर्धा

नेपाल फ्ल्यास
जेठ २४, २०७७

ADVERTISEMENT

जर्मन बुन्डेसलिगामा शनिबार ३०औं चरणका विभिन्न पाँच खेलअन्तर्गत उपाधि नजिक रहेको शीर्षस्थानको बायर्न म्युनिख र लेभरकुसनबीच हुनेछ । खेल साँझ ७ः१५ बजेपछि हुनेछ । घरेलु टोली लिभरकुसनलाई पराजित गर्दै बायर्न उपाधि यात्रालाई थप बलियो बनाउन चहान्छ । लेभरकुसनविरुद्ध जित निकाल्न सके बायर्नलाई यो सिजनको बुन्डेस लिगाको च्याम्पियन बन्न थप सहज हुनेछ ।

२९औं चरणको खेल सकिदा बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमुन्डलाई ७ अंकले पछि पारेको छ । बायर्नको ६७ तथा डर्टमुन्डको ६० अंक छ । गत नोभेम्वरमा लेभरकुसनले बायर्नलाई उसकै मैदानमा २–१ को हार चखाएको थियो । त्यसैले बायर्न लेभरकुसनविरुद्ध संयमता अपनाएर अंक नगुमाउने लक्ष्यसहित मैदान उत्रनेछ ।

बायर्न यसअघिको खेलमा भोगेको हारको बदला लिने लक्ष्यमा समेत हुनेछ ।  घरेलु टोली लिभरकुसन बायर्नलाई पुनः स्तब्ध पार्दै शीर्ष चारमा उक्लदै अर्काे सिजनको च्याम्पियन्स लिगको लागि स्थान बलियो बनाउन चहान्छ । 

बायर्नलाई पराजित गर्न सकेको खण्डमा लेभरकुसन ३० खेलबाट ५९ अंक जोड्दै शीर्ष चारभित्र पुग्नेछ । तर, बलियो प्रतिद्धन्द्धी बायर्नविरुद्धको खेल लेभरकुसनलाई कठिन नै हुनेछ । पछिल्ला दुई खेलमा भने लिभरकुसनले बायर्नलाई पराजित गर्न सफल भएको छ । यि दुईबीचको पछिल्लो २१ खेलमा बायर्नले ११ खेलमा जित निकालेको छ । लेभरकुसनले ५ खेलमा जित हात पार्दा ५ खेल बराबरीमा टुंगिएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि