मंसिर ०७, २०८१, शुक्रबार
               

सीमामा खटिएका एपिएफका खेलाडीमा कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । सशस्त्र प्रहरी बलका एक राष्ट्रिय स्तरका खेलाडीमा कोरोना संक्रमण देखिएको छ ।

सरकारले लकडाउन घोषणा गरेपछि सीमा नाकामा थप कडाइ गर्न सशस्त्र प्रहरीका थप प्रहरी परिचालन गरेको थियो । त्यही क्रममा राष्ट्रिय खेलमा प्रतिनिधि गर्ने खेलाडी समेत ड्युटीमा खटिएका थिए ।

तराईका जिल्लामा खटिएका मध्ये पछिल्लो समय एक जना खेलाडीमा कोरोना देखिएको हो । 'ड्युटी सकेर काठमाडौं आएपछि परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो,' सशस्त्र प्रहरीका एक अधिकृतले भने ।

उनीसँगै फर्किएका अन्य टोलीलाई पनि क्वारेन्टाइनमा राखिएको छ । लकडाउनको समयमा सशस्त्र प्रहरीले २ सय जना खेलाडीलाई सीमामा खटाइएको थियो । बारा, पर्सा, सिरहा लगात तराईका जिल्लामा उनीहरुलाई खटाइएको हो ।

अहिलेसम्म सशस्त्र प्रहरीमा कार्यरत २ सय ४० जना प्रहरीलाई कोरोना देखिसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि