मंसिर ०७, २०८१, शुक्रबार
               

च्याम्पियन्स लिगको फाइनल भिडन्त आज

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT


 युइएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएका पेरिस सेन्ट जर्मेन (पीएसजी) र बायर्न म्युनिखबीच आजराति प्रतिस्पर्धा हुदैछ ।

पोर्चुगलको लिस्बोनमा हुने फाईनल खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ ।

बायर्न ११औं पटक तथा पीएसजी पहिलोपटक फाइनलमा पुग्न सफल भएका हुन् । बायर्नले फ्रेन्च क्लब लियोनलाई तथा पीएसजीले जर्मन क्लब आरबी लाइप्जिगलाई समान ३–० ले हराउँदै फाइनलमा स्थान बनाएका थिए । 

बायर्नले अन्तिम पटक सन् २०१३ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो । ‘यो निकै बिशेष खेल हो ।’ बायर्न प्रशिक्षक फिल्किले भने ।

बायर्नले यस सिजन च्याम्पियन्स लिगका सबै १० खेल जितेको छ । ‘हामीले एक ठुलो पाईला चालेका छौ । टिम उपाधिका लागि सबै चिज दिन तयार छ ।’ उनले भनेका छन् ।

धेरै पटक फाईनल पुगेको बायर्नलाई उपाधि भिडन्तमा भेट्नु आफ्ना लागि थोरै फाईदाको बिषय भएको पीएसजीका प्रशिक्षक थोमस टुचेल बताउँछन् । ‘यो निकै ठुलो चुनौती हो । र हामी निकै आत्मविश्वासी छौ ।’ 

पीएसजीविरुद्ध लेवान्डोस्की नै मुख्य हतियार हुनेछ । उनले ४६ खेलमा ५५ गोल गर्दै यो सिजन सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा छन् । उनले च्याम्पियन्स लिगमा मात्रै १५ गोल गरिसकेका छन् । उनी एक सिजन १७ गोल गर्ने इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोभन्दा मात्रै पछि छन् । बायर्नसँग थोमस मुलर, म्यानुयल नुएर, लियोन गोरेट्ज्का, सर्जी जिनाब्री, अलफन्सो डाभिस, जेरोमी बोएटिङ र जोसुवा किम्मिचजस्ता खेलाडीको साथ रहनेछ ।

यता, यस सिजन फ्रान्सको घरेलु फुटबलका चार उपाधि जितिसकेको पीएसजी सिजनको पाँचौ उपाधि जित्दै च्याम्पियन्स लिगम जित्दै इतिहास रच्न चाहन्छ । सिजनको सुरुवातमा फ्रान्सेली सुपर कप जितेको पीएसजीले फ्रेन्च लिगसँगै फ्रेन्च कप र फ्रेन्च लिग कप जितेको थियो । पीएसजीले यो सिजन ४८ खेल खेल्दा ४० जित ४ बराबरी र हारको नतिजा निकालेको छ । यसक्रममा १३६ गोल गर्दा ३४ गोल खाएको छ ।

पीएसजीका लागि केलियन एमबाप्पे र नेयमार जस्ता विश्वस्तरीय खेलाडीको साथ रहेको छ । एमबाप्पेले यो सिजन ३० गोल तथा नेयमारले १९ गोल गरेका छन् । यस्तै जुलियन ड्राक्सलर, थियागो सिल्भा, मौउरो इकार्डी, मार्किन्योस, एन्जल डी मारिया र जुआन बर्नाट, पाब्लो साराविया, एन्डर हरेरा, थिलो केरहर र इरिक म्याक्सिम चुपो मोटिङ जस्ता खेलाडीहरू छन् ।

 


कस्तो लाग्यो ?

यो पनि