मंसिर ०७, २०८१, शुक्रबार
               

विश्व वरीयतामा पारसकाे स्थान सुधारियो

नेपाल फ्ल्यास
भदौ १८, २०७७

ADVERTISEMENT

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर पारस खड्काले टि-२० आई विश्व वरीयतामा आफ्नो स्थान स्थान सुधार गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नयाँ वरीयता कोरोना महामरीको कारण अन्तर्राष्ट्रिय खेल नहुँदा फागुनपछि पहिलो पटक सार्वजनिक गरेको हाे । आइसिसीका अनुसार नयाँ टि२० वरीयतामा पारसले ब्याटिङतर्फ चार स्थान सुधार गरेका हुन् । यसअघि ब्याटिङतर्फ ७५ औं स्थानमा रहेका पारस नयाँ वरीयतामा ७१ औं स्थानमा उक्लिएका छन् ।

नयाँ टि२० आई वरीयताको ब्याटिङमा पाकिस्तानका कप्तान बाबर आजम शीर्ष स्थानमा यथावत छन् । भारतीय लोकेश राहुल दोस्रो र अष्ट्रेलियाका कप्तान आरोन फिन्च तेस्रो स्थानमा छन् ।

बलिङतर्फ अफगानिस्तानका स्पिनर राशिद खान शीर्ष स्थानमा यथावत छन् । अफगानिस्तानकै मोहम्मद नाबी टि२० वरीयताको अलराउन्डरतर्फ शीर्ष स्थानमा छन् । नेपाल ओडिआई वरीयतामा १६ औं स्थानमा छ । टि२० आई वरीयतामा नेपाल १५ औं स्थानमा छ ।

साथै  टि-२० आई बलिङतर्फ लेग स्पिनर सन्दीप लामिछाने ७९ औं स्थानमा यथावत छन् ।


कस्तो लाग्यो ?

यो पनि