मंसिर ०७, २०८१, शुक्रबार
               

सन्दीपको टिम जमैका फेरि पराजित

नेपाल फ्ल्यास
भदौ २२, २०७७

ADVERTISEMENT

काठमाडौं  । ​क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको आवद्ध जमैका तल्लावाजले लिग चरणको अन्तिम खेलमा पनि पराजय व्यहोरेको छ ।  गएराराति भएको लिग चरणको आफ्नो अन्तिम खेलमा जमैका सेन्ट लुसिया जोउक्ससंग ११ रनले पराजित भएको हो ।  

१ सय ४६ रनको लक्ष्य पछ्याएको जमैकाले ९ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो । ओपनर ग्लेन फिलिप्सले ४९ रन बनाएको इनिङ्समा जेमेन ब्ल्याकवुड र निकोलास किटोनले समान २५ रन बनाए । चाडविक वाल्टनले १० रन जोड्न सके । अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।  जाहिन खान र जेवलिन ग्लेनले समान ३–३ विकेट लिए । केसरिक विलियम्सले एक विकेट झारे ।  

यसअघि पहिले ब्याटिङ गरेको सेन्ट लुसियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । जमैकाका मुजिव उर रहमानले २ विकेट लिए। सन्दीप लामिछानेले १ विकेट लिए । ​ सन्दीपले ४ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित २० रन खर्चिएर १ विकेट लिएका हुन् ।  हारका बाबजुत जमैका यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ ।

जमैकाले अब पहिलो सेमिफाइनलमा भोलि ट्रिबागो नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्नेछ ।
 


कस्तो लाग्यो ?

यो पनि