मंसिर ०७, २०८१, शुक्रबार
               

ओसाकाले उचालिन् युएस ओपनको उपाधि

नेपाल फ्ल्यास
भदौ २८, २०७७

ADVERTISEMENT

बेलारुसकी खेलाडी भिक्टोरिया अजारेन्कालाई हराउँदै  नाओमी ओसाकाले युएस ओपनको उपाधि जितेकी छिन् । २२ वर्षे जापानी खेलाडी ओसाकाले १-६, ६-३, ६-३ ले अजारेन्कालाई हराउँदै दोस्रो पटक युएसओपनको उपाधि जितेकी हुन् ।

पहिलो सेटमा १-६ ले पछि परेकी ओसाकाले उत्कृष्ट पुनरागमन गर्दै उपाधि जितेकी हुन् । खेल जितेसँगै भावुक बनेकी ओसाका विस्तारै कोर्टमा सुतेर न्युयोर्कको आकाशलाई नियालेकी थिइन् ।

सन् २०१८ मा युएस ओपन, २०१९ मा अस्ट्रेलिया ओपन जितेकी उनले यसपटक सहित तीन ग्राण्डस्लाम जितेकी छिन् । योसँगै उनी तीनपटक ग्राण्डस्लामको फाइनल खेलेर सबै जित्ने जेनिफर काप्रिएटी पछिकी दोस्रो खेलाडी बनेकी छिन् ।

‘अब म तपाईंसँग साँच्चीकै अरु फाइनल खेल्न चाहन्न । मैले साँच्चै यो इन्जोए गरिन । यो मेरो लागि धेरै टफ म्याच थियो,’ ओसाकाले अजारेन्कालाई ठट्टा गर्दै भनिन्, ‘यो मेरा लागि धेरै प्रेरणादायक थियो किनभने म सानो हुँदा तपाइँको खेलहरु हेर्ने गर्थेँ । मैले धेरै कुराहरु तपाईँबाट सिकेकी छु । त्यसैले धन्यवाद।’


कस्तो लाग्यो ?

यो पनि