दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई १६५ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ५ विकेटको क्षतिमा १६४ रन बनाएकाे हाे । हैदराबादलाई प्रतिस्पर्धात्मक योगफलमा पुर्याउन प्रियम गर्गले २६ बलमा ५१ रनमा अविजित रहदै उत्कृष्ट ब्याटिङ गरेका थिए ।
चेन्नईका दिपक चहरले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । पियुष चवला र शार्दुल ठाकुरको नाममा एक एक विकेट रह्यो ।