मंसिर ०७, २०८१, शुक्रबार
               

पन्जाबमाथि कोलकत्ताको रोमान्चक जित

नेपाल फ्ल्यास
असोज २४, २०७७

ADVERTISEMENT

आईपीएलको १३ औँ सिजनको २४ औँ म्याचमा किंग्स इलाभेन पञ्जावलाई कोलकता नाइट राइडर्सले २ रनले पराजित गरेको छ ।

शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १६५ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १६२ रन मात्र बनाउन सक्यो ।

पन्जाबका कप्तान केएल राहुल र मायांक अग्रवालले अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

राहुलले ७४ रनको अर्धशतकीय इनिङ्स खेल्दा अग्रवालले ५६ रन बनाए । यस्तै निकोलस पुरन १६ रनमा आउट हुँदा ग्लेन म्याक्सवेल १० रनमा अविजित रहे ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो । जितसँगै कोलकत्ता तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । कोलकत्ताले ६ खेलमा ८ अंक जोडेको छ ।

पन्जाबको भने यो छैटौं हार हो । ७ खेलमा १ जितसहित २ अंक जोडेको पन्जाब पुछारमा रहेको छ । अर्को खेलमा अहिले रोयल च्यालेन्जर्स ब्यांग्लोर चेन्नई सुपरकिंग्सबीच प्रतिस्पर्द्धा भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि