एजेन्सी । इण्डियन प्रिमियर लिग अन्तरगत आइपिएल क्रिकेट खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले चेन्नई सुपर किंग्सलाई ३७ रनले हराएको छ । यो जितसँगै बेंग्लोरले चौथो जित हासील गरेको छ भने चेन्नईले पाचौँ हार ब्यहोरेको छ ।
उक्त जितको लागि १ सय ७० रनको विजयी लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३२ रन बनाएको थियो । चेन्नाईका आम्बाती रायडुले सर्वाधिक ४२ रनको योगदान दिएका थिए ।
बेंगलोरका क्रिस मोरिसले ३ र वासिन्टन सुन्दरले २ विकेट लिएका थिए । त्यसअघि दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६९ रन बनाएको थियो ।
बेंगलोरका कप्तान विराट कोहली सर्वाधिक ९० रनमा अविजित रहे । चेन्नईका शार्दुल ठाकुरले २ विकेट लिएका थिए । यो जितसँगै बेंगलोर ६ खेलमा ४ मा जित र २ मा हारसहित आधारमा चौथो स्थानमा पुगेको छ ।