मंसिर ०७, २०८१, शुक्रबार
               

बार्सिलोना अध्यक्षले दिए राजीनामा

नेपाल फ्ल्यास
कात्तिक १२, २०७७

ADVERTISEMENT

बार्सिलोना । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बारटोमेउसले मंगलबार आफ्नो पदबाट राजीनामा दिएका छन् । बार्सिलोनाका २० हजार समर्थकले हस्ताक्षर गरेर राजीनामा मागेपछि उनले आफ्नो पद छाडेका हुन् ।

राजीनामा नदिएको भए अर्को महिना उनले अविश्वासको प्रस्ताव सामना गर्ने थिए । उनीसँगै बार्सिलोनाको बोर्डका सबै सदस्यले पनि राजीनामा दिएका छन् ।

मैदानमा खराब प्रदर्शन गरिरहेको बार्सिलोनाको आर्थिक अवस्था पनि पछिल्लो समय कमजोर रहेको छ । सन् २०१४ मा उनी अध्यक्ष बनेका थिए ।


कस्तो लाग्यो ?

यो पनि