दुबइमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी क्वालिफायर्स खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई रनको १९० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । फाइनलमा प्रवेश गर्नको लागि आजको खेल जित्नै पर्ने भएकाले दुबै टिम प्रतिष्पर्धामा छन् ।
अबुधाबीस्थित शेख जायेद स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८९ रन बनाएको हो।
दिल्लीका ओपनर शिखर धवन र मार्कस स्टोइनिसले ८६ रनको साझेदारी गर्दै दिल्लीको स्कोर उकासेका थिए । दिल्लीलाई ठूलो स्कोर दिलाउन शिखर धवनले सर्वाधिक ७८ रन बनाउँदा सिमरोन हिममायरले अभिजित ४२ रन बनाए ।
त्यस्तै मार्कस स्टोइनिसले ३८ रन बनाउँदा कप्तान श्रेयस ऐय्यरले २१ रन जोडे । हैदराबादका लागि जेसन होल्डर, सन्दीप शर्मा र राशिद खानले समान १/१ विकेट लिए ।