एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्ट्रासबोमाथि सहज जित निकालेको छ ।
पार्क डेस प्रिन्सेसमा बुधबार राति भएको खेलमा घरेलु टोली पिएसजीले स्ट्रासबोमाथि ४-० को शानदार जित निकालेको हो।
पिएजीले खेलको १८औँ मिनेटमा टिमोथी पेम्बेलेको गोलबाट अग्रता बनायो । खेलको ७९औँ मिनेटमा केलियन एम्बापेले गोल गर्दै अग्रता दोब्बर बनाए । ८८औँ मिनेटमा एड्रिसामा गुएयेले खेल ३-० को अवस्थामा पुर्याए ।
अतिरिक्त समयमा मोइस किनले गोल गर्दै घरेलु टोलीलाई ४-० को फराकिलो जित सुनिश्चित गरे ।
जितसँगै पिएसजी १७ खेलबाट ३७ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ ।