लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले क्लबमा मोहम्मद सलाह बेखुशी रहेको भन्ने खबरमा सत्यता नरहेको बताएका छन् ।
सलाहले हालै स्पेनिस पत्रिकासँगको अन्तर्वार्तामा एफसी मिट्जील्याण्डको कप्तान आफू नबन्दा त्यो बेला उनले निराश भएको बताएका थिए ।
त्यो बेला ट्रेन्ट–एलेक्सान्डर आर्नोल्डलाई कप्तान बनाइएको थियो । आर्नोल्ड अहिले लिभरपुलमा छन् सलाहजस्तै ।
२८ वर्षे इजिप्टियन खेलाडी सलाहले भविष्यमा हुन सक्ने रियल मड्रिड वा बार्सिलोनासँगको सहकार्यको सम्भावना खारेज गरेका छैनन् ।
क्लोपले भने सलाह राम्रो मुड र राम्रो समयमा रहेको भन्दै लिभरपुलमा खुसी रहेको दाबी गरेका हुन् ।