मंसिर ०७, २०८१, शुक्रबार
               

म्यान्चेस्टर सिटीमा कोरोना फैलिएपछि एभर्टनविरुद्धको खेल रोकियो

नेपाल फ्ल्यास
पुस १४, २०७७

ADVERTISEMENT

म्यान्चेस्टर सिटी क्लबमा कोरोनाभाइरसको संक्रमण फैलिएपछि एभर्टनविरुद्धको खेल स्थगित भएको छ । क्रिसमसमा क्लबमा संक्रमित भेटिएकोमा सोमबार थप संक्रमित भेटिएपछि खेल स्थगित गरिएको हो । प्रिमियर लिगको बोर्ड बैठक बसेर खेल स्थगित गर्ने निर्णय लिएको थियो ।

क्लबले आफ्नो प्रशिक्षण मैदानलाई अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको जानकारी दिएको छ । भाइरसको संक्रमण थप फैलन सक्ने भनेर यो कदम चालिएको क्लबको भनाइ छ । क्रिसमसका दिन गब्रियल जिसुस र कायल वाकरसहित दुई जना स्टाफमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।

कोरोनाभाइरसका कारण प्रिमियर लिगमा खेल स्थगित भएको यो दोस्रो अवसर हो । गत जुनमा एस्टन भिल्ला र न्युक्यासलबीचको खेल स्थगित गर्न परेको थियो ।

सिटीले आइतबार चेल्सीको र बुधबार काराबाओ कपको सेमिफाइनलमा म्यान्चेस्टर युनाइटेडको सामना गर्ने तालिका तय छ ।


कस्तो लाग्यो ?

यो पनि