मंसिर ०७, २०८१, शुक्रबार
               

प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिमको विजयी सुरु

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

तुलसीपुर । दाङको लमहीमा सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ । समूह ‘बी’ मा रहेको सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ५९ रनले पराजित गरेको हो ।

खेलमा सुदूरपश्चिमले दिएको १०७ रनको विजयी चुनौतीलाई पछ्याएको गण्डकीले निर्धारित २० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर ४८ रनमा सीमित भएको थियो । 

ब्याटिङतर्फ गण्डकी प्रदेशका लागि कुनै ब्याट्स म्यानले दोहोरो अंक जोड्न सकेनन् । त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १९.३ ओभरमा आफ्नो सबै विकेट गुमाएर १०७ रन बनाएको थियो । प्रदेश १ ले पनि लमहीमै भएको खेलमा विजयी सुरुवात गरेको छ ।

समूह ‘बी’ मै रहेको प्रदेश नं २ ले प्रतियोगितामा विजयी सुरुवात गर्ने क्रममा आजको दोस्रो खेलमा वाग्मतीलाई ४६ रनले पराजित गर्यो । खेलमा प्रदेश नं २ ले प्रस्तुत गरेको १०७ रनको लक्ष्यलाई पछ्याएको वाग्मती १६.४ ओभरमा अल आउट हुँदै ६० रनमा सीमित हुन पुग्यो । 

प्रतियोगिताअन्तर्गत बुधबार पहिलो खेलमा सुदूरपश्चिमले प्रदेश १ को सामना गर्नेछ भने दिनको दोस्रो खेलमा वाग्मतीले गण्डकीको सामना गर्नेछ । प्रतियोगिताको समूह ‘ए’ बाट विभागीय टोली एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल पुगिसकेका छन् ।

प्रतियोगितामा समूह ‘ए’ बाट एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनलमा पुगेका छन् । एपीएफ समूह विजेता हुँदै सेमिफाइनलमा पुग्दा लुम्बिनी उपविजेता बन्दै सेमिफाइनल पुगेको छ । 

प्रतियोगिताअन्तर्गत अब सेमिफाइनलमा एपीएफले समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ भने लुम्बिनीले समूह ‘बी’ को विजेतासँग पुस १८ गते खेल्नेछ । प्रतियोगिताको अन्तिम खेल पुस १९ गते हुनेछ । 

यो पनि