काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत मंगलबार भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबलाई २–० गोलले पराजित गरेको छ ।
एपीएफ लगातार तेस्रो खेलमा विजयी भएको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स आजको खेलमा एपीएफका लागि अञ्जली कुमारी योन्जन र सरु लिम्बुले १–१ गोल गरे ।
एपीएफले दुवै गोल पहिलो हाफमा गरेको हो । खेलको २७औँ मिनेटमा एपीएफका लागि योन्जनले पहिलो गोल गरेकी थिइन् । पहिलो हाफको इन्जुरी समयमा लिम्बुले एपीएफका लागि दोस्रो गोल गर्दै आफ्नो टोलीलाई जित दिलाइन् । खेलको ‘प्लेयर अफ दि म्याच’ एपीएफकै अनिता केसी घोषित भइन् ।
एपीएफले हालसम्म तीन खेलमा ९ अंक जोडेको छ । एपीएफ तालीकाको शीर्ष स्थानमा छ । एपीएफले पहिलो खेलमा चन्द्रपुर नगरपालिकालाई ६–० गोलले तथा दोस्रो खेलमा विराटनगर महानगरपालिकालाई ७–० गोलले पराजित गरेको थियो । आ
र्मी तीन खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा छ । आर्मीले पहिलो खेलमा पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा स्याङ्जाको वालिङ नगरपालिकालाई ७–० गोलले पराजित गरेको थियो ।