मकवानपुर । हेटौंडामा जारी हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा आज आयोजक विजय युथ क्लब, हेटौंडा र बागमती युवा क्लब सर्लाहीबीच सेमिफाइनल खेल हुँदैछ ।
दिउँसो ३ बजे वन-विज्ञान अध्ययन संस्थानको खेल मैदानमा खेल सुरु हुनेछ । आज जित्ने टिमले फाइनल उपाधिका लागि सेन्ट्रल कलेज भरतपुरसँग प्रतिष्पर्धा गर्नुपर्नेछ ।
गोल्डकपको हिजो (मंगलबार) को सेमिफाइनल खेलमा हर्दी युवा समाज राप्तीलाई हराउँदै भरतपुरले फाइनलको यात्रा तय गरेको थियो ।
प्रतियोगितामा विजयी टिमले उपाधिसहित नगद ३ लाख रुपैयाँ नगद हात पार्नेछ भने उप-विजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।