राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल दिउँसो १२ बजे नेपाली सेनाको त्रिभुवन आर्मी फुबटल क्लब र स्याङजाको वालिङ नगरपालिकाबीच तथा दोस्रो खेल अपराह्न ३ बजे नेपाल पुलिस क्लब र मोरङको विराटनगर महानगरपालिकाबीच हुने छ ।
दुवै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । सोमबार सम्पन्न खेलमा एपिएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४–० गोलअन्तरले पराजित गरेको थियो ।
एपिएफ सात खेलबाट २१ अङ्क जोड्दै लिगको शीर्षस्थानमा छ । लिगको दोस्रो स्थानमा त्रिभुवन आर्मी क्लब छ । आर्मीले सात खेलमा १५ अङ्क जोडेको छ ।