मंसिर ०७, २०८१, शुक्रबार
               

फिफाले लगायो पूर्वअध्यक्ष ब्लाटर र महासचिव वाल्केनलाई साढे ६ वर्ष प्रतिबन्ध

नेपाल फ्ल्यास
चैत १२, २०७७

ADVERTISEMENT

काठमाडौं  । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पूर्वअध्यक्ष सेप ब्लाटरलाई  साढे ६ वर्ष प्रतिबन्ध लगाएको छ । प्रतिबन्धसँगै उनले अब २०२८ सम्म फुटबलसम्बन्धी काम गर्न नपाउने भएका छन् । फिफाले सेप ब्लाटरलाई मात्र नभई फिफाका पूर्वमहासचिव जिरोम वाल्केलाई पनि १० लाख ६८ हजार डलर जरिवाना गरी साढे ६ वर्ष नै प्रतिबन्ध लगाइएको छ । 

फिफारले एक विज्ञप्ति जरी गर्दै उनीहरुमाथि प्रतिबन्ध लगाइएको जनाएको छ । 

फिफाले दुवैलाई नैतिकताको विभिन्न नियम उल्लंघन गरेको बताउँदै उल्लेखित प्रतिबन्ध लगाएको हो । अब उनीहरु दुवैको नयाँ प्रतिबन्ध पुरानो प्रतिबन्ध सकिएको मितिबाट सुरु हुनेछ। ८५ वर्षीय पूर्वअध्यक्ष ब्लाटरले निलम्बन २०२१ को अक्टोबरमा सकिँदै छ भने ६० वर्षीय वाल्केको प्रतिबन्ध २०२५ को अक्टोबरमा सकिने छ। नयाँ प्रतिबन्ध त्यो मितिबाट सुरु हुनेछ।

फिफाले जारी गरेका विज्ञप्तिमा लेखिएको छ, ‘ब्लाटर र वाल्केको अनुसन्धानमा धेरै क्षेत्र समेटिएका छन्। फिफाद्वारा आयोजिन प्रतियोगिताको बोनस पेमेन्टमा यो अनुसान्धान मुख्यतः केन्द्रित थियो। साथै फिफा मेनेजमेन्ट र कामदारबीच संशोधन र रोजगार सम्झौताको विस्तारमा पनि अनियमितता देखिएको छ।’

फिफाले गरेको अनुसन्धानको निष्कर्षमा ब्लाटरले २३ मिलियन स्विसफ्रांन्कको सबै पेश्की फछ्र्यौट नगरेको पाइएको छ। उनको यो अनियमितता २०१० देखि २०१४ सम्मको अवधिमा पाइएको हो।


कस्तो लाग्यो ?

यो पनि