काठमाडौं । म्यानचेस्टर युनाइटेडलाई टाइब्रेकरमा हराउँदै युरोपा लिग फुटबलको उपाधि भिल्लारियलले चुमेको छ ।
निर्धारित ९० मिनेटको समयभित्र दुवै टिमबाट एक एक गोलको बराबरी भएपछि थपिएको ३० मिनेट गोलरहित भएपछि खेल टाइब्रेकर अर्थात् पेनाल्टी सुटआउटमा गएको थियो ।
भिल्लारियलका लागि २९ औं मिनेटमा मोरेनोले गोल गरेका थिए । ५५ औं मिनेटमा युनाइटेडका इडिन्सन काभानीले जवाफी गोल फर्काएपछि खेल बराबरीमा गएको हो । त्यसपछि दुवै टिमबाट गोल नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
टाइब्रेकरमा १० वटा पेनाल्टीसम्म पनि दुवै टोलीले बराबरी गोल हानेका थिए । ११ औं पेनाल्टीमा म्यानयु चुकेपछि उपाधि भिल्लारियलले जितेको हो ।
पोल्याण्डमा भएको खेलमा १० हजार दर्शकलाई मैदान प्रवेश दिइएको थियो । खेलमा २१ वटा पेनाल्टीको अपवाद प्रतिस्पर्धा भएको थियो ।