एजेन्सी । कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र चिलीले १–१ गोलको बराबरी खेलेका छन् ।
ब्राजिलमा जारी प्रतियोगिताअन्तर्गत आज बिहान भएको खेलमा अर्जेन्टिनाका लियोनल मेस्सीले पहिलो गोल गरे ।
तर चिलीका इडुवार्डो भार्गासले एक गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो ।
यही समूहको अर्को खेलमा अहिले पाराग्वे र बोलिभिया भिडिरहेका छन् ।